नेभिगेशन
नेपाल प्रहरी

जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

नेपालगन्ज-१५ जमुनाह चेक पोष्टमा चेकजाँचका क्रममा भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका रोल्पाको परिबर्तन गाउँपालिका-३ बस्ने  ३१ वर्षीय भुपेन्द्र बुढामगर र रोल्पाकै माडी गाउँपालिका- ३ बस्ने ३० वर्षीया सम्झना घर्ति मगरलाई बिहीवार अपराह्नमा प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो कार्यालयबाट खटिएको संयुक्त टोलीले भुपेन्द्र र सम्झनाको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्