नेभिगेशन
सुरक्षा विशेष

उग्र बनेको राजावादीको प्रदर्शन, तीनकुने र आसपासका क्षेत्रमा आगजनी र तोडफोड

काठमाडौँ । आज काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि स्थिति  तनावग्रस्त बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा स्थिति नियन्त्रणबाहिर पुगेको छ।

स्थित नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाइसकेको छ। कर्फ्यू जारी भएपछि नेपाली सेनासमेत परिचालन भएको छ।

स्थानीय बासिन्दाका अनुसार प्रदर्शनका क्रममा केही समूहले निजी घरहरू, सरकारी कार्यालय र दर्जनौं गाडीमा तोडफोड र आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा र हवाई फायर समेत  गरिएको थियो। 

अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि भौतिक सम्पत्तिको क्षति भएको छ। सुरक्षाकर्मीहरूले क्षेत्रलाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन प्रयास गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्