नेभिगेशन
सुरक्षा विशेष

उग्र बनेको राजावादीको प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु, ३५ जना घाइते

काठमाडौँ। राजावादी समर्थकहरूले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसाक प्रदर्शनका क्रममा भएको झडपमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रमश भएको झडप घटनामा ३५ जना घाइते भएका छन्।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिए।

त्यस्तै तीनकुनेको घरबाट एभिन्युज टेलिभिजनका क्यामेरम्यान लाइभ गरिरहेका थिए। त्यस क्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

“झडपमा घाइते भएका महर्जनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भने, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन्।”

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ ९ र नेपाल प्रहरीतर्फ ३ जना घाइते भएका छन्। आन्दोलनका प्रमुख दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्