नेभिगेशन
सुरक्षा विशेष

राजावादीको प्रदर्शनमा भएको क्षतिको अनुगमन गर्न गृहमन्त्री पुगे तीनकुने

काठमाडौं । राजावादीको प्रदर्शनबाट पुगेको क्षतिको  गृहमन्त्री रमेश लेखकले अनुगमन गरेका छन् ।

शुकवार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको तोडफोडबाट भएको क्षतिको गृहमन्त्री लेखकले आज बिहान अनुगमन गरेका हुन् । 

रिपोर्टिङका क्रममा राजावादीको आगजनीमा परेर  पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने अर्का एक आन्दोलनकारीको पनि मृत्यु भएको थियो।

त्यस क्रममा राजावादीले दर्जनौं सवारीसाधन र स्थानीयका घर र सरकारी कार्यालयमा समेत तोडफोड गर्दै आगजनी गरेका थिए। 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्