नेभिगेशन
सुरक्षा विशेष

राजावादीको हिंसात्मक प्रदर्शन: पत्रकार मारिएको घटनामा यस्तो छ लूटपाट र आगजनीको विवरण

काठमाडौँ काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति जिल्ला प्रहरी परिसर काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर-४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । 

तीनकुनेस्थित मार्बल हाउसमा रिपोर्टिङका क्रममा पत्रकार सुरेश रजक जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।

यसैगरी ९ वटा सरकारी सवारी साधन, ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ। 

विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उक्त प्रदर्शनका क्रममा प्रहरीको बन्दुक खोस्नेसहित सय बढीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

यस्तो विवरण-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्