नेभिगेशन
सुरक्षा अपडेट

राजावादीको आन्दोलनमा पत्रकार मारिएको घटनाप्रति विरोध प्रदर्शन

काठमाडौँ । हिंसात्मक प्रदर्शनमा पत्रकारलाई मार्ने राजावादीहरुद्ध नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।

पूर्वराजा समर्थकले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारमाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै महासंघको केन्द्रीय समितिले विरोध गरेको हो । 

मृतक पत्रकार सुरेश रजक

सञ्चारकर्मीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

राजावादीको प्रदर्शनका क्रममा रिपोर्टिङ गर्न पुगेका एभिन्युज टेलिभिजनका पत्रकार रजकको जलेर मृत्यु भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्