नेभिगेशन
सुरक्षा विशेष

'दुर्गा प्रसाईंलाई प्रहरी खोजिरहेको छ', 'दोषीमाथि कडा कारबाही हुन्छ': गृहमन्त्री

काठमाडौं । राजावादीले शुक्रबार गरेको प्रदर्शन घटनालाई लिएर गृहमन्त्री रमेश लेखकले दोषीमाथि कडा कारबाही हुने बताएका छन् । 

गृहमन्त्री रमेश लेखकले राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका छन् । शनिबार राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् ।

गृहमन्त्री लेखकले प्रसाईंको खोजी भइरहेको बताएका हुन्।

प्रसाईं शुक्रबार अपराह्न तीनकुने क्षेत्रबाट गाडीमा चढेर गएका थिए। त्यसपछि उनको फोन अफ छ, उनी सम्पर्कविहीन छन्।

उनले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासँग कुनै साइनो नरहेको उल्लेख गरे । राजावादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए ।

उक्त घटनामा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।त्यसपछि पत्रकारहरूले सोधेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘ दुर्गा प्रसाईंको खोजी भइरहेको छ, चाँडै पक्राउ पर्नुहुन्छ’ भनेका हुन्। दुर्गा प्रसाईं हाल फरार छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्