नेभिगेशन
नेपाल प्रहरी

प्रदर्शनलाई हिंसात्मक बनाउने भूमिका खेलेको आरोप दुर्गा प्रसाईंका आरटीएफ कमाण्डर पक्राउ

काठमाडौँ । प्रहरीले राजावादीहरुको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा दुर्गा प्रसाईंका निकटम मनिने मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । राजभण्डारी प्रसाईंका रोयल टास्क फोर्सका कमाण्डर हुन् ।

‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई आज बालाजु क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । उनी नेपाली सेनाका पूर्व क्याप्टेन पनि हुन् ।

शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए ।

घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेपनि उनी कहाँ छन् भन्ने बरेमा प्रहरीले अहिलेसम्म चाल पाएको छैन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्