नेभिगेशन
सशस्त्र प्रहरी

एउटा गाडीसहित लाखौंको लत्ताकपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले एउटा गाडीसहित लाखौं रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको अवैध लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल  नं. ८ गण धनुषा र  प्रस्तावित सीमा सुरक्षा  गुल्म जटहिबाट खटिएको टोलीले धनुषाको नगराईन नगरपालिका–५ गंगोलिबाट  ७ लाख २० हजार रुपैयाँ  बराबरको लत्ताकपडा र ज १ च १३०० नम्बरको टाटा सुमो गाडी नियन्त्रणमा लिएको हो।

बरामद गरिएको अवैध लत्ताकपडा र गाडीलाई आबश्यक कारबाहीका लागि  भन्सार कार्यालय जनकपुरमा बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्