नेभिगेशन
सुरक्षा अपडेट

घाइते भएका प्रहरी र सशस्त्र प्रहरीतर्फका ७१ जना डिस्चार्ज

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनमा सुरक्षाकर्मीतर्फ घाइते भएकामध्ये ७१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार प्रहरीका ५० जना र सशस्त्र प्रहरीका २१ जना सुरक्षाकर्मी आज डिस्चार्ज भएका हुन् । त्यस्तै प्रहरीका घाइते भव्का थप ५ जना र सशस्त्र प्रहरीका १ जनाको अझै उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रदर्शनका क्रममा राजावादी समूहतर्फ घाइते भएका ५१ जनामध्ये ३५ जना डिस्चार्ज भएका छन् भने अन्यको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्