नेभिगेशन
नेपाल प्रहरी

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

जनकपुर। धनुषामा प्रहरी र स्थानीय प्रदर्शनकारीबीच झडप भएको छ।१५ दिन अघिको घटनालाई लिएर जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो।

जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही मानिस घाइते भएका छन् । 

छुरा प्रहारको घटनामा दोषी पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि झडप भएको हो ।  सोक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । 

गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थियो । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । अहिले स्थिति नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ । विस्तृत विवरण आइसकेको छैन । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्