नेभिगेशन
नेपाल प्रहरी

पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्ने भ्रामक समाचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण

काठमाडौं। पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजकको शरीरमा गोली भेटिएको भन्दै आएका समाचारको प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ।

राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकाले घटनाका सम्बन्धमा सत्यतथ्य नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्नसमेत प्रहरीले सचेत गराएको छ ।

सूचना अधिधकारी प्रहरी उपरीक्षक अपिलराज बोहराद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिएको भए पनि आयोजक एवं समर्थकहरुले विभिन्न स्थानमा हिंसात्मक घटना घटाएको जनाएको छ ।

राजावादीहरूले प्रदर्शनका क्रममा तोडफोड, आगजनीलगायत घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मानिसको मृत्युसमेत हुनेगरी घटाएका आपराधिक घटनाहरूको सत्यतथ्य नबुझी भ्रामक एवं गलत सूचना प्रवाह नगर्न अनुरोधसमेत गरेको छ ।

यदि सत्यतथ्य नबुझी गलत समाचार सम्प्रेषण गरे प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइने व्यहोरासमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्