नेभिगेशन
अदालत

राज्य विरुद्धको अपराध: रविन्द्र मिश्र र धवल शम्शेरमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शम्शेर राणालगायतलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। 

काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री  राणालगायत ११ जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो।

राजावादीहरुको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएकामा काठमाडौँ जिल्ला अदालतले रविन्द्र र धवलसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । तर उनीहरु पक्राउ परेको दिनदेखि गणना हुने हुँदा अब कम्तीमामा मंगलबार सम्म थुनामा बस्नुपर्ने छ।

उनीहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ । त्यस्तै अन्य ३० जनालाई आपराधिक उपद्रो मुद्दामा चार दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

अदालतले कानून व्यवसायी स्वागत नेपाललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्