नेभिगेशन
सुरक्षा अपडेट

बाघको आक्रमणबाट बालकको घटनास्थलमै मृत्यु

नेपालगन्ज । बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

बाजुराको खप्तडछेडेदह गाउँपालिका-३ धुरतोलाका ८ वर्षीय बालक विजय रावतलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

बालक रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेर करिब डेढ सय मिटर पर लिएर छाडेको प्रहरीले जनाएको छ ।

बाजुरा प्रहरीका अनुसार बाघको आक्रमणबाट बालक  रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्