नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले फेला पारेर हस्तान्तरण गर्‍यो ट्याक्सीमा छुटेको ५० हजार रुपैयाँ

काठमाडौं । ट्याक्सी चालकलाई फेला पारेर फिर्ता लिएको ५० हजार रुपैयाँ ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

चैत १६ गते दिउँसो काठमाडौंको प्रदर्शनी मार्गस्थित फ्यान पार्क हुँदै बौद्ध जाने क्रममा बा२ज १७५४ नम्बरको ट्याक्सीमा ५० हजार नगद भएको लेडिज ब्याज छुटेको निवेदन पश्चात् खोजतलासका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय उक्त ट्याक्सी फेला पारेको थियो।

ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई बोलाएर उक्त रकम फिर्ता लिदै आबश्यक जाँच पछि उक्त रकमसहितको ब्याग सम्बन्धित धनी बिकास कुमार घिसिङलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्