नेभिगेशन
सुरक्षा अपडेट

ट्रकको ठक्करबाट हुम्लामा ७२ वर्षीया वृद्धाको मृत्यु

हुम्ला ट्रकको ठक्करबाट हुम्लामा एक जना वृद्धाको मृत्यु भएको छ। 

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-४ मा भे१ ख ३७६४ नम्बरको ट्रकको ठक्करबाट ७२ वर्षकी पानकला थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक पानकला सर्केगाड गाउँपालिका-४ दुल्ली गाउँकी स्थयीवासी थिइन् ।

सरदमुकाम सिमकोट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो। पानकलाको मृत्युपछि स्थानीयले सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्