नेभिगेशन
नेपाल प्रहरी

२९ वर्षीय युवक ३५ किलो गाँजासहित प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले ३५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। उदयपुर प्रहरीले कटारी नगरपालिका-४ खानेपानी ट्याङ्की नजिकबाट ३५.८५० किलो गाँजासहित २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । 

पक्राउ पर्ने श्रेष्ठ सोही नगरपालिका-५ का स्थायीबासिन्दा हुन् ।

प्रहरी टोलीले श्रेष्ठलाई उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २९०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा गाँजासहित नियन्त्रणमा लिएको जानकारी दिएको छ।

पक्राउ परेका श्रेष्ठसँग लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्