नेभिगेशन
नेपाल प्रहरी

तनहुँको जुवाखालबाट घरधनी सहित १७ जुवाडे पक्राउ

तनहुँ । तनहुँको जुवाखालबाट १७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका वडा नं.५ ठूलोघुम्तीस्थित यमबहादुर कुमालको पुरानो घरमा  जुवा  खेलिरहेका अवस्थामा १७ जनालाई पक्राउ गरेको हो।

तनहुँ प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर कुमालसहित सुरेश अधिकारी, सूर्य कुमाल, विज्ञान खनाल, मीनबहादुर थापा, बिष्णुकुमार जोशी, राजेन्द्र सुनार, मंगल सुनार, बीरबहादुर सुनार, शम्भु कुमाल, रबीन्द्र कुमाल, राजकुमार गुरुङ, शान्तबहादुर दरै, रामबहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाह रहेका छन् । 

बुधबार दिउँसो पक्राउ उनीहरुको साथबाट २५ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँले  जानकारी दिएको छ । 

पक्राउ परेकाहरु विरुद्ध जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट ६ दिनको म्याद थप अनुमति अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्