नेभिगेशन
अपराध

कोहलपुरमा कांग्रेस नेता पुनको हत्या, दोषीलाई कारबाहीको माग

नेपालगञ्ज । नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ७ का पार्टीका वडा उपसभापति दुर्गा बहादुर पुन मगरको हत्या भएको छ। 

उपसभापति तथा सोही वडाका पूर्व वडा सदस्यसमेत रहेका ३९ बर्षीया दुर्गाको गए राति कोहलपुरमा हत्या भएको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ। 

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीका एक होनहार कार्यकर्ताको हत्या हुनुलाई समान्यरुपमा लिन नसकिने बताएका छन् । 

सभापति गौडेलले हत्याको घोर भत्सर्ना गर्दै हत्या घटनामा संलग्न जोसुकै भए पनि तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई खबरदारी गरेका छन् ।

सभापति गौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको विभिन्न कार्यक्रममा सहभागी भएर राति घर फर्कने क्रममा सामूहिकरुपमा भएको हत्याको घटनालाई सामान्यरुपमा लिन नसकिने भनिएको छ । 

विज्ञप्तिमा दिवंगत पुन मगरको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरिएको छ । त्यसैगरी कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति पोषण केसीले पनि दोषीलाई कडा कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन् ।

पार्टीका वडा उपसभापति पुन मगरको विहिबार राति साढे नौ बजे सोही वडाको रजगढवामा सामूहिकरुपमा हत्या गरिएको थियो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्