नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी: आ.व. ०८१-०८२ को हालसम्म सुदूरपश्चिममा १८ करोड ६१ लाखको अवैध सामाग्री बरामद

अघिल्लो वर्ष भन्दा ६०.३७ प्रतिशतले वृद्धि

काठमाडौं सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले २०८१-०८२ को हालसम्मको सम्पन्न  प्रगति विवरण सार्वजनिक गरेको छ। 

२४ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमकाबीच बाहिनीपति डीआईजी दीपक अधिकारीले प्रगति विवरण सार्वजनिक गर्दै राजस्व चुहावटलाई नियन्त्रण दिने क्रममा गत आर्थिक वर्षमा  ११ करोड ६० लाख रुपैयाँभन्दा बढीको अबैध राजस्व चुहावट (अवैध तस्करी ) नियन्त्रण गरिएकोमा यस वर्ष त्यो रकम बढेर  १८ करोड ६१ लाख रुपैयाँ पुगेको बताएका हुन् । यस वर्ष अघिल्लो वर्षको तुलनामा ६०.३७ प्रतिशतले बढेर आएको हो।

त्यसैगरी लागुऔषधतर्फको कारबाहीमा त्यस कार्यमा  संलग्न  रहेका ७२ जनालाई पक्राउ गर्दा मानव बेचबिखनमा संलग्न भएका ५१ जनालाई पक्राउ गरिएको डीआईजी अधिकारीले बताए।

डीआईजी अधिकारीका अनुसार  बाढी, पहिरो, आगलागी, चट्याङ्ग जस्ता विपद् व्यवस्थापनतर्फ २ हजार १२५ जनालाई सकुशल उद्धार गर्दा १४ जनाको मृत उद्धार गरिएको हो। सशस्त्र प्रहरीले विपद् व्यवस्थापनतर्फको अभ्यासमा  ८१  कृत्रिम घटना अभ्यासमार्फत २५ हजार ६१ जना आमनागरिक लगायत सुरक्षाकर्मीहरू लाभान्वित भएको उनले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीले सुदूरपश्चिमस्थित विभिन्न स्थानमा सरसफाइ लगायतका कार्य समेत गरेको छ। जसमा मठमन्दिर, विद्यालय र सार्वजनिक स्थल गरि यस्तै ४ सय५१ स्थानमा  सरसफाइ गरिएको अधिकारीले बताए। स्वास्थ्यतर्फ ३ सय ३ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन् भने वृक्षरोपणतर्फ ११ हजार ५४६ बिरुवा लगाइएको छ।

त्यसैगरी २ सय १५ पटक सिमा सहजीकरण बैठक, १ सय ९५ पटक स्थानीय बासिन्दासँग सशस्त्र प्रहरी कार्यक्रम र  २५ हजार ४५१ वटा संयुक्त र एकल गस्तीहरू संचालन गरिएको डीआईजी अधिकारीले जानकारी दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्