नेभिगेशन
नेपाल प्रहरी

युवायुवतीलाई प्रलोभनमा पारेर विदेश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएका दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको अभियोगमा ताप्लेजुङ र रामेछापका दुई जनालाई पक्राउ गरेको छ।

विभिन्न युवायुवतीलाई प्रलोभन देखाएर विदेश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा अपराध अनुसन्धानको टोलीले रामेछापका ४६ वर्षीय चुडाबहादुर खड्का र ताप्लेजुङका ३३ वर्षीय जीवन कडरितालाई पक्राउ गरेको हो।

क्यानडा पठाइदिने भन्दै जीवनले एक जनाबाट ४ लाख २० हजार र चुडाले कोरिया पठाउने भनेर ३ जनासँँग १७ लाख रुपैयाँ लिएर फरा भएको उजुरी वैदेशिक रोजगार विभागमा परेपेछि उनीहरुलाई अपराध अनुसन्धानको टोलीले काठमाडौंको मैतिदेवीबाट जीवनलाई र चुडालाई धुम्बाराहीबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका जीवन र चुडालाई आबश्यक अनुसन्धान र कारबाहीका लागि अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा पठाएको जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्