काठमाडौं । रवि लामिछानेलाई आज अदालत उपस्थित गराइदैछ।उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश पश्चात् पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई शनिबार रुपन्देही लगिएको थियो।
काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका रविलाई शनिबार बिहान यति एयरबाट रुपन्देही लगेर दुई दिन रुपन्देही प्रहरीको हिरासतमा राखिएको थियो।
रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याँदै उच्च अदालतले रविलाई शुकवार थुनामा पठाउने आदेश दिएको थियो।
रविलाई आज अदालत उपस्थित गराएर अदालतको थुनामा पठाउने पत्रसहित जिल्ला कारागार रुपन्देही पठाइने रुपन्देही प्रहरीले जानकारी दिएको छ। यसअघि उक्त मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।