नेभिगेशन
सशस्त्र प्रहरी

ठुलो परिमाणको कपडासहितको गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले बाराबाट एउटा गाडीसहित लाखौं रुपैयाँको लत्ताकपडा बरामद गरेको छ। बारास्थित सशस्त्र प्रहरीको 

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट चैत्र २४ गते सशस्त्र प्रहरीले लत्ताकपडासहित गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार  बा.प्र.०१–०२७ च ८५०३ नम्बरको टाटा  पिकअप गाडीमा वीरगन्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जितपु–सिमरातर्फ  २० बोरा लत्ताकपडा लैजान लागेको  भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट डीएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले भन्सार छलिको कपडा र गाडी  नियन्त्रणमा लिएको हो ।

लत्ताकपडा लोड गरिएको गाडिलाई पिछागर्दै आएपछी बारा पुगेको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। गाडी चालक भने छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी  र पिक अप आवश्यक कारबाहिको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजारसहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्