नेभिगेशन
नेपाल प्रहरी

शिकार खेल्न गएका दुई जना तीन थान बन्दुकसहित पक्राउ, एक जना फरार

काठमाडौं प्रहरीले दुई जनालाई तीन नाल बन्दुकसहित पक्राउ गरेको छ। मोरङको केराबारीबाट प्रहरीले वन्यजन्तु चोरी शिकारमा संलग्न रहेको समूहका दुई जनालाई तीन नाल बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार केराबारी गाउँपालिक-८  आमजुंगी सामुदायिक वनमा शिकार गर्न गएको बेलामा केराबारी-८ कै ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ परेका गरिएको थियो।

शिकार खेल्न उनीहरुसँगै गएका केराबारी-८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुईजनाविरुद्ध प्रहरीले हातहतियार खरखजाना मुद्दा चलाउने तयारी गरेको छ भने फरार रहेका धनबहादुरको खोजी गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्