नेभिगेशन
नेपाल प्रहरी

तीनकुने घटनामा पत्रकार सुरेश रजक जलेको घरमा देखिएकी अभिनेत्री एनी कुँवर पक्राउ

काठमाडौँ काठमाडौंको तीनकुमे घटनामा संलग्न रहेको आरोपमा अभिनेत्री समेत रहेकी एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । 

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।

कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्