नेभिगेशन
नेपाल प्रहरी

रुपन्देहीबाट ८ तोला सुन र ८ किलो चाँदीसहित भारतीय युवक पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरिएको सुनचाँदीका गहनासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीका भारतीय यूूूपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा  गहनासहित नेपाल छिरेका भारतको महाराजगन्ज जिल्लाको सनपतियाका ३५ वर्षीय उपेन्द्र सुनारलाई जिल्लास्थित रोहोणी गाउँपालिका-७ दशगजा नजिकबाट पक्राउ गरेको जनाएको छ।

रोहीणी-७ स्थित सेमरहवाको एक सुन पसलमा काअम गर्ने उपेन्द्रको  साथबाट ८ तोला सुनका गहना र ८ किलो चाँदी बरामद गरेको जनाएको छ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्