नेभिगेशन
सुरक्षा अपडेट

बसको ठक्करबाट रोल्पामा ८० वर्षीय बृद्धको घटनास्थलमै मृत्यु

दाङ बसको ठक्करबाट रोल्पामा ८० बर्षीय बृद्धको घटनास्थलमै मृत्यु भएको छ । बसबाट ओर्लिएर बाटो काट्ने क्रममा बसले ठक्कर दिदा ठक्करबाट माडी गाउँपालिका-८ औलका ८० बर्षीय देबराम घर्तीको  घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज रा १ ख २७७८ नम्बरको बसमा सवार घर्ती माडी गाउँपालिका-२ घर्तीगाउँ लिवाङमोड नजिकै बिहान साढे ११ बजेतिर ओर्लिएर बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिएको थियो । घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त बस दाङको घोराहीबाट रोल्पा चुनवाङ हुँदै पूर्वी रुकुम तर्फ जाँदै थियो । घटना लगतै प्रहरीलाई स्थानीयले फोन मार्फत खबर गरेका थिए ।

नम्बर नखुलेको बसले एक पुरुषलाई ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको भन्ने खबर पछि इलाका प्रहरी घर्ती गाउँबाट प्रहरी निरीक्षक देबवसिंह भण्डारीको नेतृत्वमा ९ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटना अनुसन्धानबाट घर्ती जुन बसमा चढेर आएका थिए, सोही बसले बाटो काट्ने क्रममा ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको खुलेको थियो । चालक रुन्टीगढी गाउँपालिका -९ का ३२ बर्षीय प्रकाश बोहोरा प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्