नेभिगेशन
नेपाल प्रहरी

भरुवा बन्दुकसहित बोहरा प्रहरीको नियन्त्रणमा

बैतड। प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। 

बैतडीको दशरथचन्द नगरपालिका-२ दल्लाबाट सोही नगरपालिका-२ दाडीमगडा बस्ने ५५ वर्षीय राज बहादुर बोहरालाई एक थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बैतडी प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्