नेभिगेशन
ट्राफिक प्रहरी

५१ जना प्रहरी अधिकृतलाई दिइयो ट्राफिक प्रशासन तालिम

काठमाडौं  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५१ जना प्रहरी अधिकृतहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सन्चालित ट्राफिक प्रशासन तालिम २५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी बिनोद घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन्  ।

साथै उनले जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखेर प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा  जोड दिएका थिए।

कार्यक्रममा तालिम संयोजक डीएसपी शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको  तालिममा  सहभागी २४ जना सई र  २७ जना असई गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्