नेभिगेशन
सशस्त्र प्रहरी

५ किलो लागुऔषध पोलाइण्डसहित दुई युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

काभ्रे सशस्त्र प्रहरीले पोलाइण्ड नामक लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ। 

lसशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दिएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१५ गण  काभ्रेको टोलीले मंगलबार बनेपा- ७ चाँदनी चोकस्थित नेवारी खाजा घरमा लागूऔषध पोलाइण्ड  ५ केजी १०० ग्रामसहित धुलिखेल-६ का अमृत भण्डारी र धुलिखेल ४ का श्रीकृष्ण सत्याललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

साथै उनीहरुले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको हो।

यसअघि पनि  सशस्त्र प्रहरीले गत चैत्र १४ गते काठमाडौ महानगरपालिका–९ सिनामंगलबाट ७ किलोग्राम तथा फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्तीबाट पनि ५ किलो पोलाइण्ड बराबद गरेको थियो।

त्यसैगरी सशस्त्र प्रहरी गत भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५- किलो पोलाइण्ड नामक लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्