नेभिगेशन
सुरक्षा अपडेट

डोटीमा पनि चट्याङ लागेर एक महिलाको मृत्यु,७ जना घाइते

काठमाडौं   चट्याङ लागेर डोटीमा पनि एक जनाको मृत्यु भएको छ । चट्याङ  लागेर  सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-६ दल्लेखमा गए राति चट्याङ लाग्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो। त्यसैगरि चट्याङ लागेर मृतक कमलाका ४ सन्तान घाइते छन् ।

घाइते हुनेमा कमलाका १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा  स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि छन् ।  घाइते भएका सबैको    जिल्ला अस्पताल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्