नेभिगेशन
नेपाल प्रहरी

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अछामका चेतमान पक्राउ

अछाम। २१ वर्षीया युवतीलाई महिलालाई बलात्कार  गरेको आरोपमा प्रहरीले ५१ वर्षीय  व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको रामारोशन गाउँपालिका-५ बस्ने ५१ वर्षीय चेतमान रोकायालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

रोकायाले ती युवतीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुधबार पक्राउ परेका रोकायासँग घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्