नेभिगेशन
नेपाल प्रहरी

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई पक्राउ गरेको हो। 

जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाबाट ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्