नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरी भन्छ-दुर्गा प्रसाईं हालसम्म पक्राउ परेका छैनन् (विज्ञप्तिसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ। 

प्रहरी प्रधान कार्यालयले बिहीवार अवेर राति  विज्ञप्ति जारी गर्दै ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जनाएको  छ । 

प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’ 

विज्ञप्ति-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्