नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी नं. १९ बंगलामुखी विशेष कार्यदल गणले मनायो २३ औं स्थापना दिवस

काठमाडौं काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल नं. १९ बंगलामुखी विशेष कार्यदल गणले २३औँ स्थापना दिवस मनाएको छ।

सशस्त्र प्रहरी नं.१९ गणका गणपति एसपी देवराज अर्यालको अध्यक्षता तथा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा बिहीवार साँझ आयोजित स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रमुख अतिथि डीआईजी न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नं.१९ गणले संगठनप्रति कटिबद्ध भई देश र जनताको सेवामा सपार्पित भएर गरेको कार्यको प्रशंसा गरेका थिए। आगामी दिनमा पनि अझै राम्रो कार्य गर्न डीआईजी न्यौपानेले निर्देशन दिएका थिए ।

स्थापना दिवस कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरु , सशस्त्र प्रहरी बल भण्डार महाशाखाका एसपी रामजंग पाण्डे , सशस्त्र प्रहरी प्रधान कार्यालयका अधिकृत, गणका अधिकृत लगायत अन्य सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।

स्थापना दिवसका अवसरमा गणमा विभिन्न किसिमका नृत्य लगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो भने विभिन्न क्षेत्रमा उत्कृष्ट गरेका सशस्त्र प्रहरी कर्मचारीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्