नेभिगेशन
नेपाल प्रहरी

२० वर्ष प्रहरीमा सेवा गरेर साईगाउँबाट अवकाश गए प्रहरीभित्रका अब्बल निरक

नेपालगन्ज नेपाल प्रहरीमा अब्बल कार्य गर्न सफल बनेका प्रहरी हवल्दार निरक बिक अवकास गएका छन। २० वर्ष ५ महिना १८ दिनको प्रहरी सेवा पूरा गरेर हवल्दार निरक बिहीवार अवकाश गएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी साईगाउँमा कार्यरत रहेकै बेला  चैत २८ गते (बिहीवार) हवल्दार निरक अवकाश गएका हुन् ।  उनलाई चौकी इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काले बिदाई गर्दै आगामी दिनको शुभकामना दिएका थिए भने बिदाई कार्यक्रममा प्रहरी चौकी साईगाउँमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीले हवल्दार बिकलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाई गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिने क्रममा निरकले ठुलो परिमाणमा लागुऔषध तथा ठुला लागुऔषध कारोवारी र ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेका थिए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा सादा पोशाकमा खटिने क्रममा संगठनको लागि अहोरात्र खटिएर धेरै सर्हानिय कार्य गरिसकेका छन् । उनी बाँके प्रहरीमा सादा पोशाकमा हुने क्रममा हुण्डी कारोबारको ठुलो रकम र करोडौं रुपैयाँ बराबरको सुन समेत बरामद भएको थियो।

प्रहरी चौकी साईगाउँमा प्रहरी नायब निरीक्षक लक्ष्मी प्रसाद कँडेल र प्रहरी  वरिष्ठ नायब निरीक्षक हरि खड्काको कमान्डमा बसेका हवल्दार निरक त्यस क्षेत्रबाट क्विन्टलका क्विन्टल भारतबाट अवैध रूपले ल्याइएको बोइलर कुखुरा लगायत अन्य अवैध सामाग्री बरामद गर्न सफल भएका थिए। 

पछिल्लो ७-८ महिनादेखि प्रहरी चौकी साईगाउँमा कार्यरत रहदै आएका हवल्दार निरक लामो समय विभिन्न जिल्ला बसेर विगत केही वर्षदेखि बाँकेमै कार्यरत थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्