नेभिगेशन
सशस्त्र प्रहरी

१ सय ४९ प्याकेटमा राखिएको ब्राउन सुगरसहित ३ जना पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी बल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको टोलीले पाल्हिनन्दन  गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट  ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा  भारत घर भएका ४५ बर्षीय अमरजित हरिजन, २५ बर्षीय कपिलदेव सहानी र २१ बर्षीय दिलिप गौतम  रहेका छन् ।

उनीहरुलाई यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँचका क्रममा आज १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगरसहित  नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले उनीहरुको साथबाट अन्य सामानहरु समेत बरामद गरेको छ 

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि सम्बन्धिन निकायमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्