नेभिगेशन
सुरक्षा अपडेट

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दाङका चौधरी घाइते

दाङ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । रोल्पामा ट्याक्टरले ठक्कर दिएर  घाइते हुने चलाक दाङका रहेको प्रहरीले जानकारी दिएको छ।

दाङको लमही नगरपालिका-७ लमही घर भइ हाल रोल्पा नगरपालिका- ४ लिवाङ बस्दै आएका ४० बर्षीय नारायण चौधरी घाइते भएको रोल्पा प्रहरीले जनाएको छ।

दुबै हात खुट्टा र टाउकोमा चोट लागेको घाइते चौधरीको रोल्पा जिल्ला अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । चौधरी सवार रा ४ प ५८८१ नम्बरको मोटरसाइकललाई लु ४ त ३२९८ नम्बरको ट्याक्टरले रोल्पा नगरपालिका-४ शिवालय चोक नजिकै ठक्कर दिएको थियो ।

दुर्घटना शुक्रबार साँझ  पखको भएको थियो । ट्याक्टर चालक र ट्रयाक्टर प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्