नेभिगेशन
नेपाल प्रहरी

लाइसेन्स बिनाको बन्दुकसहित गंगाराम घरबाटै पक्राउ

कपिलवस्तु भरुवा बन्दुकसहित प्रहरीले कपिलवस्तुबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार  बन्दुकसहित पक्राउ पर्नेमा जिल्लास्थित वाणगंगा नगरपालिका-०१ का ५८ वर्षीय गंगाराम थारु रहेका छन् ।

हतियार रहेको भन्ने विशेष सूचना पाएर गएको प्रहरी टोलीले  गंगारामको घर खानतलासी गर्ने क्रममा लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

पक्राउ परेका थारुविरुद्द कपिलबस्तु जिल्ला  अदालतबाट म्याद थप गरेर आबश्यक अनुसन्धान गरिने कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्