नेभिगेशन
नेपाल प्रहरी

यसकारण तत्कालका लागि प्रहरीको राजीनामा स्वीकृत हुँदैन....

काठमाडौं   प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रधान कार्यालय नक्सालले मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिदै अर्को आदेश नआउन्जेल सम्मका लागि कुनै पनि प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न भनेको हो।

देशमा भइरहेका विभिन्न प्रदर्शन र आन्दोलनलाई मध्यनजरमा राख्दै प्रहरी प्रधान कार्यालय नक्सालले आईजीपीको सचिवालय, ७ वटै प्रदेश प्रहरी कार्यालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रहरीका सबै विभाग, प्रहरीका विभिन्न ब्यूरो,उपत्यका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयलाई कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशनन दिएको हो।

चैत १५ गतेको प्रदर्शन पछि हाल विभिन्न आन्दोलन र प्रदर्शन हुँदै गर्दा ठुलो संख्यामा प्रहरी परिचालन हुँदै आएको र अझै थप प्रहरी आबश्यक हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

अब प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम कुनै पनि प्रहरी कर्मचारीको तत्कालका लागि राजीनामा स्वीकृत हुने छैन ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्