नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरको बिजौरीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ। प्रहरीले दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले तुलसीपुर  उपमहानगरपालिका-१८ हेमन्तपुर कोलकाटे टोलबाट ४ सय ७० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई  युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ गोठलीगाउँ बस्ने ३२ वर्षीय श्रीधर डाँगी र सोही उपमहानगरपालिका-६ गाइडर बस्ने ४० वर्षीय लुपेन्द्र पोख्रेल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरी चौकी बिजौरीबाट खटिएको टोलीले रा ७ प ३०६९ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा पक्राउ परेको हो ।

पक्राउ परेका दुई जनासँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्