नेभिगेशन
सुरक्षा अपडेट

हुम्लाको चंखेलीमा स्काभेटर दुर्घटना,दुई जनाको मृत्यु, चालक पक्राउ

नेपालगन्ज स्काभेटर दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको चंखेली गाउँपालिका-२ लोतीमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार  छायाँनाथ नगरपालिका-१४ का नन्दलाल बडुवालको स्काभेटर दुर्घटनामा मृत्यु हुनेमा चंखेली गाउँपालिका-२ का ३१ वर्षीय अर्जुन कामी र ४५ वर्षीय परबल कामी रहेका छन् । 

दुर्घटनामा चालकको अवस्थ सामान्य रहेको प्रहरीले जनाएको छ भने चालकलाई नियन्त्रणमा लिएको छ। 

हुम्ला प्रहरीले दिएको जानकारी अनुसार गए राति उक्त स्काभेटर सडकबा १ सय मिटर तल खसेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्