नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुरमा चितवनका पदमलाई काठमाडौंबाट पक्राउ गरेर कास्की पठाइयो

काठमाडौँ । बैंकिङ कसुर गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएर काठमाडौँको मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली छन् ।

पूर्ण बहादुर लामघादेको जाहेरीले उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । १ फागुन २०८० मा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

नेपालीलाई मनमैजुबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्