नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित ५ युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ५ जना युवकलाई नियन्त्रणमा लिएको छ। जसअन्तर्गत प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आँपघारीबाट ८ सय ४६ ग्राम गाँजा र नगद ५२ हजार ५ सय रुपैयाँ र  मोबाइल २ थानसहित दुई जनालाई  पक्राउ गरेको छ ।

प्रहरीका अनुसार  पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहन बहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

त्यसैगरी प्रहरीले झापाको गौरादह नगरपालिका-५ सृजना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित कमल गाउँपालिका-७ बस्ने २८ वर्षीय बिशाल लिम्बुलाई  पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे ११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

प्रहरीले नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-३ अरेलीघारीबाट  ५ किलो गाँजासहित २ जनालाई आज बिहान  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ रिसिङ गाउँपालिका-२ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका-२० चनौली बस्ने ३४ वर्षीय बिशाल थापा मगर र १९ वर्षीय रिजन थापा मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ढेडेनीबाट खटिएको प्रहरीले बुलिङटारबाट चितवनतर्फ आउँदै गरेको ग२१ प ६१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सम्बन्धित प्रहरी कार्यालय पक्राउ परेकाहरुसँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्