नेभिगेशन
सुरक्षा अपडेट

कैलालीमा सर्पले टोकेर ५ वर्षीय बालकको मृत्यु, ९ वर्षीय बालिका नहरमा डुबेर बेपत्ता

कैलाली सर्पले टोकेर कैलालीमा एक बालकको मृत्यु भएको छ। टिकापुर नगरपालिका-१ एकतानगरका निरज बिकका ५ वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट नयाँ वर्षको पहिलो दिन सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार घरको आगनमा खेल्दै गरेको अवस्थामा लोकेशलाई सर्पले बायाँ खुट्टामा टोकेको थियो। सर्पको टोकाइबाट  गम्भीर घाइते भएका लोकेशलाई उपचारका टीकापुर अस्पतालमा लगिएपनि उनको मृत्यु भएको टीकापुर प्रहरीले जनाएको छ।

यसैगरी, कैलालीकै लम्कीचुहाम डुबेर एक बालिका बेपत्ता भएकी छन् ।  कैलाली प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका-३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही स्थानकी ९ वर्षीया खुसी वादी बेपत्ता भएकी हुन् । 

बेपत्ता रहेको खुसीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्