नेभिगेशन
सुरक्षा अपडेट

घोराहीमा स्कुटर दुर्घटनामा हुँदा एक युवकको मृत्यु

घोराही। दाङ्गको घोराहीमा स्कुटर दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका-१६ का ३७ बर्षीय सञ्जिब चौधरीको स्कुटर दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार चौधरी सवार लुप्र ०२–००१ प ०६९३ नम्बरको स्कुटर अनियन्त्रित भइ नालामा पल्टिएको थियो ।

स्थानीय मदन भण्डारी स्कुल नजिकको नालीमा पल्टिएर गम्भीर घाइते भएका चौधरीलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । चौधरीको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्