नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित भारतीय युवक पक्राउ

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो ९७० ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन हुन् ।थाई एयरबाट  बैङ्कक हुँदै  काठमाडौं अवतरण भएका उनको लगेज जाँचका क्रममा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गाँजासहित पक्राउ परेका भारतीय नागरिक भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्