नेभिगेशन
अदालत

२५ करोड बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा  दायर

काठमाडौं काठमाडौंबाट ट्रकसहित बरामद भएको २५ करोड बराबरको युरो र अमेरिकी डलर प्रकरणमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा  दायर गरेको छ।

टोखाबाट २५ करोडसँगै पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकका फुच्चे भनिने कुसाङ लामा र २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।

विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ । 

कुसाङ यसअघि यस्तै सुन प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति भएकाले थप सजाय समेत मागदाबी गरिएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त नगद बरामद गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्