नेभिगेशन
सुरक्षा विशेष

वीरगञ्जमा प्रहरीको लाठी प्रहारबाट तीन जना पत्रकार घाइते

पर्सा पर्सा सदरमुकाम वीरगञ्जमा प्रहरीको लाठी प्रहारबाट तीन जना पत्रकार घाइते भएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा रिपोर्टिङमा गएका  पत्रकारमाथि प्रहरीले लाठी प्रहार गर्दा पत्रकारहरु घाइते भएका हुन् ।

हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको थियो।

एभिन्युज टेलिभिजनका सञ्चारकर्मी अर्जुन गुप्ता, मध्यनेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धीरेन्द्र तिवारी प्रहरीको लाठीप्रहारबाट घाइते भएका छन् ।

घटनापछि नेपाल पत्रकार महासंघ पर्सासहित  सञ्चारसम्बद्ध संघसंस्थाहरूले लाठीप्रहरको घटनालाई प्रहरी ज्यादती भन्दै निन्दा गरेका छन् । उनीहरूले संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग पनि गरेका छन् ।

पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोले विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीहरू ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु खेदजनक भएको बताएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्