नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतबाट न्यौपाने पक्राउ

काठमाडौं । प्रहरीले २० वर्षीया युवती र १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा  दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीका ५१ वर्षीय जयकृष्ण न्यौपाने रहेका छन् । उनलाई १४  वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। न्यौपाने मंगलबार प्रहरीले पक्राउ गरेको थियो।

त्यसैगरी प्रहरीले २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लावारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई पक्राउ गरेको छ।

पक्राउ परेका धामीले ती महिलालाई गत चैत २८ गते राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मोरङ प्रहरीले घटनाबारे दुबै जनासँग थप अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्